पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार
धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ। अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।
जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए।
राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह गर्दै पूर्वपश्चिम राजमार्गको लम्कीमा खुलाउने प्रयास गरेपछि करिब १० मिनेट सवारी सञ्चालन भएका थिए।
फेरि पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग पुनः अवरुद्ध भएको गौतमले बताए। आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्।
मंगलबार राति लम्कीका व्यापारी डम्बर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेको छ भने केही अझै फरार छन्। मंगलबार राति खुकुरी प्रहारबाट बडुवालको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त भएको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam