जनगणनामा ८० प्रश्न, एउटै परिवारको तथ्यांक लिन ३० मिनेटसम्म लाग्ने
काठमाडौं : केन्द्रीय तथ्यांक विभागले बिहीबार सञ्चालन हुने १२ औ राष्ट्रिय जनगणनाको प्रश्नावली तयार पारेको छ। जनगणनामा खटिने गणकले घर घरमा गएर सोध्न का लागि ८० वटा प्रश्न तयार पारिएको विभागले जनाएको छ।
बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रश्नावली सार्वजनिक गरेको हो। गणकलाई एउटा परिवार गरिने ८० वटा प्रश्नको उत्तर लिन दिनका लागि कम्तिमा ३० मिनेट लाग्ने केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।
विभागले तोकेको १५ दिनको समयमा एक जना गणकले सामान्यतया १ सय ७५ परिवारको तथ्यांक संकलन गर्नु पर्ने छ। महानिर्देशक श्रेष्ठका अनुसार एक जना गणकले दैनिक १२ परिवारको गणना गर्नू पर्ने छ।
जनगणनामा सोधिन्छन् खानादेखि छानासम्मका प्रश्न
भोलिदेखि जनगणना लागि घरघरमा खटिने गणक हरुले घरमुलीलाई विभिन्न थरिका ८० वटा प्रश्नहरु सोध्नेछन्। जसमा तपाईको घरको जग,छाना,गारो केले बनेको छ? भुईँ कस्तो छ ? देखि खाना पकाउने इन्धनको स्रोत,पानीको मुख्य स्रोत समेत सोध्ने गरिन्छ।
त्यस बाहेक भाषा,शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगी लगायतको विवरण फारम भरिन्छ। त्यसैगरी कस्तो चर्पी प्रयोग गरिन्छ । जनगणनाका लागि तयार परिएको यी प्रश्नको फारम अनिवार्य रुपमा भर्नु पर्ने हुन्छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam