ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । लामालाई उपचारको लागि ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण भैरव चौर नजिकै बुधबार बेलुकी नम्बर खुल्न नसकेको सवारी साधनले बा ३१ प ७५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरका ३४ वर्षीय जंग बहादुर चौधरी रहेका छन् । उनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam