केही ठाउँमा मौसम बदली‚ वर्षा र हिमपातको छैन सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ। नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले शुक्रबार वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam