केही ठाउँमा मौसम बदली‚ वर्षा र हिमपातको छैन सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ। नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले शुक्रबार वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए।
शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam