महिला टी–२० सिरिज : नेपालले कतारलाई दियो १ सय ४७ रनको लक्ष्य
डडेल्धुरा : टी–२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ। दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो।
नेपाली टोलीले टी–२० अन्तरराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो।
नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्। टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो।
यस्तै, सीता रानामगरले ३३ बलमा ४ चौकासहित ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवर ८ रनमा नटआउट रहे।
काजल श्रेष्ठ ३ र कप्तान रुविना क्षत्री शून्य रनमा आउट भए।
बलिङमा एन्जेलिन मारे र सबिजा पाणयनले १/१ विकेट लिए।
नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam