ललितपुर महानगरमा आज र भाेलि भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै
काठमाण्डाै – ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् ।

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam