रुपन्देहीको सीमावर्ती क्षेत्रबाट एक युवक बेपत्ता, अपहरण भएको भन्दै प्रहरीमा उजुरी
रुपन्देही – रुपन्देहीका एक युवक सम्पर्कविहीन भएका छन् । सीमावर्ती क्षेत्र दशगजाबाट रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ वर्षका अनिल कहार अपहरणमा परेका प्रहरीले जनाएको छ ।
अनिलकाे परिवारकाअनुसार घरमै रहेका उनलाई केही व्यक्तिले अस्ति दशगजा क्षेत्रमा बोलाएका थिए । ती व्यक्तिलाई भेट्न भन्दै अस्ति बेलुका अनिल दशगजा गएका तर त्यसपछि परिवारको सम्पर्कमा नआएका आमा सुधा कहारले बताउनु भएको छ ।
अस्ति बेलुकादेखि हराइरहेका अनिलको बारेमा हिजो बेलुका मात्रै परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले अनिलको अपहरण भएको भन्दै उजुरी दिएका हुन् । अनिलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोजकुमार केसीले जानकारी दिनुभयो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam