बहुला कुकुरको टोकाइबाट दुई दिनमा १८ जना घाइते
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा बहुला कुकुरले टोकेर दुई दिनमा १८ जना घाइते भएका छन्। बुधवार र बिहीवार वडा नम्बर ४ का १२ जना र वडा नम्बर ११ का ६ जनालाई बहुला कुकुरले टोकेको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ।
बहुला कुकुरले २१ वटा पशुचौपायालाई समेत टोकेको छ। स्थानीयबासीका अनुसार तीन बंगुर, दुई बाख्रा, एक पाडी, सात कुकुर र सातवटा गोरूलाई बहुला कुकुरले टोकेको छ।
वडा अध्यक्ष ज्ञानबहादुर विष्टले बहुला कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि जानकारी गराइएको बताए। वडा क्षेत्रमा छाडा कुकुर धेरै रहेको वडाध्यक्ष विष्टले बताए। बहुला कुकुर नियन्त्रण गर्नका लागि पशु शाखबाट टोली परिचालन गरिने नगर प्रमुख दिलबहादुर ऐरले बताए।
बहुला कुकुरले बाटोमा हिँडिरहेका र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam