२४२ संक्रमित थपिए, एक जनाको मृत्यु
काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९ र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकभर ७ हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ।
तीमध्ये ६ हजार ८ सय ५२ जना होम आइसोलेसनमा छन् भने ४ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। हाल २ सय ३४ जना आइसियु र ५५ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam