दाङमा बस दुर्घटना‚ २९ जना घाइते
दाङ : लमही नगरपालिका–३ नारायणपुमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख ०२१९ नम्बरको बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन्। उनीहरुको अवस्था मध्यम रहेको छ।
शनिबार राति २ बजेतिर बसको पट्टा भाँच्चिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सातजना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam