दाङमा बाघको छालासहित दुईजना पक्राउ
दाङ : दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका-६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बाघको छाला ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरूलाई आइतबार साँझ घोराही उपमहानगरपालिका-१६ गरुवा चोकबाट बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए।
उनले अनुसार रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको आशङ्कामा जाँच गर्दा उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइको बाघको छाला बरामद भएको थियो।
प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ३ सेट मोबाइल बरामद गरेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam