माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको दुर्घटनामा मृत्यु
काठमाडौं : नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
उनी सवार मोटरसाइकललाई मंगलबार राति बुटवलको जितगढीमा बसले ठक्कर दिएको थियो। लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जितबाहादुर थापा गम्भीर घाइते भएका छन्।
मोटसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारकको क्रममा निधन भएको हो।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam