ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी नयाँ आदेश जारी
काठमाण्डाै – सरकारले कोराेनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी नयाँ आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत देशमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् ।
सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाइएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam