अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह
काठमाडौं : सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ। कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन्।
यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam