कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। नयाँ सचिव यादव कोइराला बुधबारमात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए।
बिहीबार सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए। बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भएको हो। बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।
परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए। विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जानकारी दिएको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam