रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गएको छ ।

कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर थिमीका ४७ वर्षका सुरज खलाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

TOP