कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो
डोटी – सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो ।
संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइएको हो ।
सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमूना संकलन गरिन्छ । सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाहरुको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने अवस्था रहेको छ ।
कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात् सीक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाहरुको स्वाब काठमाण्डौ पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam