पुस ४ देखि १८ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने
काठमाडौं : सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।
त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गरिरहेको र त्यस अनुसार नै खोप केन्द्र राखिने महाशाखाका प्रमुख विवेक लालले जनाकारी दिए।
यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागको भनाइ छ। यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा रहेका छन्।
हिजो मोर्डनाको १४ लाख ९८ हजार ८०० डोज खोप आएको छ। यस्तै गत शुक्रबार १ लाख ८८ हजार ४०० डोज खोप नेपाल आइपुगेको छ। आगामी आइतबार १९ लाख डोज खोप आउन लागेको पनि मन्त्रालयले जनाएको छ।
यस्तै सरकारले तीन महिना पुरा भएका गर्भवतीहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन पनि अनुरोध गरेको छ।
बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५ दशमलव ७ प्रतिशतले पहिलो र २९ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam