सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुपाल्चोक : बलेफी गाँउपालिका-४ माँझ गाउँमा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ। जन्ती लिन विञ्जेल जाँदै गरेको बा २ ख ५६१४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।
घटनामा पनि अन्य १० जना गम्भीर घाइते भएका छन् भने १० जनाभन्दा धेरै सामान्य घाइते भएका स्थानीय ज्ञानेन्द्र तिमल्सिनाले बताए। घाइतेहरूलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल धुलिखेल पठाइएको छ।
बसमा विवाहका लागि आएका पाहुनाहरु रहेको तिमिल्सिनाले बताए। बस सडकबाट करिब १०० मिटर तल खसेको छ।
घाइतेहरूलाई स्थानीय‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। बसमा करिब २५ जना रहेको प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam