हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कञ्चनपुर : लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। झोपडी भत्काउदै गर्दा भाग्ने क्रममा शनिबार राति हात्तीले आक्रमण गरेको आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए। आक्रमणबाट घाइते भएका रानालाई स्थानीयले राति नै उपचारका लागि बेलौरीस्थित अस्पताल पु¥याउँदा मृत्यु भएको हो।
‘हात्ती आएको थाहा पाउने वित्तिकै परिवारका सबै जना भागेछन्,’ भण्डारीले भने, ‘खगिराज भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोडेछ। अस्पताल पुरयाउदा ज्यान गयो।’ हात्तीले आक्रमण गरी मृत्यु भएका रानाका छोरा भारतमा रोजगारीका लागि गएका छन्। शिवरमा उनकी श्रीमती, बुहारी र नातीनतिना बस्दै आएका छन्।
हात्तीले शिविरका २० वटा झोपडी समेत भत्काइदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति साढे ८ बजे छावासहितका १५ वटाभन्दा जंगली हात्तीको बथान शिविरमा छिरेको भण्डारीको भनाइ छ। हात्तीले झोपडी भत्काउन शुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर होहल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको उनले बताए।
शिविर सहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडा अध्यक्ष फुलाराम चौधरीले बताए। हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका छन्। गत महिना मात्रै हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ का एक दम्पतीको मृत्यु भएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam