देशभर दिनहुँ चिसो बढ्दै‚ तापक्रम थप घट्ने
काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा मापन भएको थियो।
जुम्ला, जिरी, मनाङ लगायत केही हिमाली जिल्लाको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। आज पनि मौसम सफा रहने भएकाले तापक्रम थप घट्न सक्ने महाशाखाले अनुमान गरेको छ।
बुधबार बिहान देशका अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै जसो भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam