झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो
काठमाण्डाै – झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिकाका सन्तोष राई र पछाडि बसेका रोङ गाउँपालिकाकै चन्द्रबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो बेलुका भएको दुर्घटनामा घाइते भएका ३३ वर्षका सन्तोष र ४० वर्षका चन्द्रबहादुरको उपचारका क्रममा झापाको बीएण्डसी अस्पताल बिर्तामोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
पूर्व-पश्चिम राजमार्गमा ना ५ ख ७९३७ नम्बरको बस र मे ७ प २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam