जनमत पार्टी कपिलवस्तुद्वारा अनिश्चितकाल बन्दको घोषण
कपिलवस्तु ।
जनमत पार्टी कपिलवस्तुले अनिश्चितकाल बन्दको घोषण गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार जिल्ला समन्वय समितिको विहिवारको बैठकले आन्दोलन गर्ने निर्णय गरेको जनमत पार्टी कपिलवस्तुले जनाएको छ ।
किसानको समस्या समाधानको लागि संघर्षरत रहेको जनमत पार्टीको मागलाई बेवास्ता गरेको भन्दै बाध्य भएर पार्टीले अनिश्चित समयका लागि आन्दोलन सुरु गरिएको जनाइएको छ ।
पार्टीले राजमार्ग र हुलाकी सडक बन्दको आह्वान गरिएको विज्ञप्ति निकालेर जनाएको छ । बन्दको दौरानमा कपिलवस्तु जिल्लाका सम्पूर्ण यातायात, व्यवसायी, व्यापारी लगायत सम्बन्धित सबै जनतामा सहयोगको अपिलसमेत गरिएको छ ।
बन्दको अवज्ञा गरिएको पाइएमा हुन सक्ने क्षति, हानी–नोक्सानीको जिम्मेवार सरकार वा अवज्ञा गर्ने व्यक्ति स्वयम हुने पार्टी जिल्ला अध्यक्ष रामलाल यादवले जानकारी दिनुभएको छ ।
जनमत पार्टीका मागहरु
१. किसान र आन्दोकारी माथिको मुद्धा फिर्ता ।
२. समयमा मलखाद र विउ विजनको व्यवस्था ।
३. सिँचाई व्यवस्था र नसके विजुली निःशुल्क ।
४. हावा हु्री र वर्षाले भएको बालीनाली क्षतिको तत्कालन राहत ।
५. किसानको समस्या समाधानको वार्ता टोली गठन ।
६. किसानको फसलको उचित मूल्य कायम ।
७. स्थानीय निकायमा भएको चरम भ्रष्टचारीको छानवीन गरी दोषीलाई जेल चलान ।
ल्गायत जनमत पार्टीका मागहरु रहेका छन ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam