नगरप्रमुखले गलत सुचना दिए पछी
कपिलवस्तु
जिम्मेवार व्याक्तीले गलत सुचना दिए पछी के होला ? कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा यस्तै घटना घटेको छ । मंगलवार स्थानिय र राष्ट्रिय अनलाईनहरुले कोरोना संक्रमित युवती संगै विमानमा सवार एक जना कपिलवस्तुमा फेला परे पछी भन्दै समाचार प्रकाशन भए ।
जिल्लाका अधिकांस अनलाईन र हाम्राकुरा डटकम सम्मले पनी सो समाचारलाई स्थान दिए । समाचार आए पछी कपिलवस्तु जिल्लामा एका एक त्रासको अवस्था छाएको थियो । वुद्धभुमी नगरपालिकाका मानिसहरुमा वढी त्रासको सिर्जना भएको थियो । वुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको भनाई उदृत गर्दै समाचार प्रकाशन भएको थियो ।
मेयर श्रेष्ठले कोरोना संक्रमित युवती संगै आएका कपिलवस्तुका एक जना लाई वुद्धभुमी नगरपालिका २ मा रहेको क्वारेनटाईन स्थलमा राखिएको सुचना दिएका थिए । नगरप्रमुख पछी वडा नं. ३ का वडा अध्यक्षले पनी त्यही कुरा सामाजिक संजालमा व्यक्त गरे ।
त्यसपछी एकाएक सामाजिक संजालमा भ्रामक कुराले स्थान पाएको थियो । नगरप्रमुख श्रेष्ठले जानकारी दिए पछी सवैले विश्वास पनी गरे । फेसवुकका वालहरु त्यही समाचारले रंगिए ।
समाचार साईटले गलत समाचार प्रकाशन गरेको प्रमाणित हुन १ दिन कुर्नु पर्यो । वुद्धभुमी नगरपालिका ३ रनगाई वस्ने आशिष चौधरीले पासपोर्ट र हवाई टिकट प्रहरीलाई देखाए पछी घर फिर्ता भएका छन ।
चौधरी चैत्र ७ गते शुक्रवार आएका थिए । कोरोना संक्रमित युवती चैत्र ४ गते काठमाण्डौ आएकी थिईन । गलत सुचनाको आधारमा समाचार प्रकाशन भए पछी कपिलवस्तुका मिडियाहरु यती वेला सचेत वनेका छन ।
त्यसमा केही अनलाईनले पाेष्ट गरेर डिलिट गर्न सम्म भ्याए । समाचार वनाउदा विश्वासिलो स्रोत खोजी र त्रास सिर्जना नहुने गरी समाचार वनाउन वहस समेत गर्न लागेका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


