कपिलवस्तुमा क्वारेन्टाइन बसेका ५ जनालाई घर पठाइयो
माधव बेल्वासे
चन्द्रौटा,१७ चैत
कपिलवस्तुका क्वारेन्टाइनमा बसेका ५ जनालाई आज घर पठाइएको छ । जिल्लाको शिवराज नगरपालिकाले निर्माण गरेको क्वारेनटाइन वाट १ जना र यशोधरा गाउँपालिकावाट ४ जनालाई डिस्चार्ज गरिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले घर पठाइएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो ।
यता जिल्लाका १० स्थानिय तहमा १ सय ७७ जना नागरिकहरुलाई क्वारेनटाइनमा राखिएको छ । एक दिन अघि जिल्ला भर जम्मा ८५ जना रहेका थिए ।रोजगारीको लागि छिमेकी मुलुक भारत तथा खाडि मुलुक वाट आएका नागरिकहरुलाई सिधै क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । जनप्रतिनिधि र प्रहरी लगाएर विदेश वाट आएका नागरिकहरुलाई खोजि खोजि क्वारेन्टाइन राखिएको छ ।
जिल्लाको भारतसँग जोडिएको कृष्णनगर नगरपालिकाको क्यारेन्टाइनमा सबै भन्दा धेरै ४४ जना रहेका छन् । त्यस्तै महाराजगंज नगरपालिकामा ३ जना,शिवराज नगपालिकामा १० जना,वाणगंगा नगरपालिकामा १ जना,बुद्धभुमी नगरपालिकामा ४ जना, कपिलवस्तु नगरपालिकामा १९ जना रहेको छन् । विजयनगर गाउँपालिकामा ४० जना,मायादेवी गाउँपालिकामा २७ जना,यशोधरा गाउँपालिकामा २ जना र शुद्धोधन गाउँपालिकामा २७ जना रहेको पौडेलले बताउनुभयो ।
क्वारेन्टाइन कक्षमा रहेका नागरिकहरुको अवस्था सामान्य रहेकोले आइसुलेसनमा राख्ने अवस्था नरहेको उहाँले बताउनुभयो । जिल्लामा ८ वटा आइसुलेसन वेड तयार पारिएको छ ।क्वारेन्टाइनमा रहेका अधिकांश नागरिकहरु भारतवाट नेपाल फर्किएका रहेका बताउनुभयो । उनीहरुलाई खाना बस्न र चिकित्सको निगरानीमा राखीएको पौडेलले बताउनुभयो । जिल्ला प्रशासनका अनुसार सोमवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


