९७ कृषकलाई इलेक्ट्रिक स्प्रेयर बितरण

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाले ९७ कृषकलाई इलेक्टी्रक स्प्रेयर प्रदान गरेको छ । नगरपालिको कृषि शाखाको अगुवाई राखिएको कार्यक्रममा मेयर किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले कृषकहरुलाई स्प्रेयर हस्तान्तरण गर्नु भएको थियो ।

एपोलो कम्पनीको स्प्रेयर १६ लिटर क्षमताको रहेको कृषि शाखाका प्रमुख भगवान दास गुप्ताले बताउनु भयो । स्प्रेयर बिद्यतु र हात दुबैले चलाउन मिल्ने छ । सो अवसरमा मेयर किरण सिंहले कृषि खेतीलाई बढावा दिन स्प्रयर बाडिएको बताउनु भयो ।

उहाँले नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिको स्बीकृत कार्यक्रम र बजेटबाट कृषकहरुलाई सो सामाग्री उपलब्ध गराइएको बताउनु भयो ।

उहाँले सामाग्रीको सदुपयोग हुुन पर्ने बताउनु भयो । ५ हजार १५० मूल्यको स्प्रेयरकालागि कृषकहरुले एक हजार लागनी गरेका छन । कुल ३ सय ७२ जनाले आबेदान दिएकोमा ९७ जनाका कृषको नाम छनौट गरिएको कृषि शाखा प्रमुख गुप्ताले बताउनु भयो ।

TOP