५१ जना मर्चवारको क्वारेन्टाइनमा
हृदयराम गुप्ता
मर्चवार २४ चैत्र÷ रुपन्देहीको उच्च जोखिममा रहेको मर्चवार क्षेत्रको ३ वटा क्वारेन्टाइनमा ५१ जनालाई राखिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको हो ।
मर्चवारको सम्मरीमाई गाउँपालिकाद्वारा मदरशा उम्मुल मोमेनिल आइसा अल सिद्धिकी लिल बनातिल इस्लामियामा निर्माण गरिएको क्वारेन्टाइमा १० जना, मर्चवारी गाउँपालिकाद्वारा जनता मा।वि। ओडवलियामा निर्माण गरिएको क्वारेन्टाइनमा २३ जना र कोटहीमाई गाउँपालिकाद्वारा मर्चवार आदर्श उ।मा।वि। मझगावाँमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना रहेका तिनै गाउँपालिकाका स्वास्थ्य संयोजक क्रमशः मुन्सि प्रसाद माझी, बिनोद बरई र मन बहादुर कुँवरले बताएका छन् ।
मर्चवारबाट ५ किमि। दुरीमा रहेको भारतको कोल्हुई क्षेत्रमा ६ जनामा कोरोनाको संक्रमण देखिएपछि अहिले पुरै मर्चवार सुनशान बनेको छ । उक्त कुरालाई मध्यनजर गर्दै प्रशासनले समेत कडाइ थालेको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


