कपिलवस्तुकाे आइसोलेशन वार्डमा एक जनाकाे मृत्यू
कपिलवस्तु २४ चैत्र
कोरोना आशंकामा राखिएकाे कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा एक व्यक्तिको मृत्यू भएको छ ।
कपिलवस्तुकोे विजयनगर गाउँपालिका वडा नं. २ जलैया बस्ने वर्ष ३० का गोवर्धन भरको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी दृघनरायण पौडेलले जानकारी दिनु भएको छ ।
प्रजिअ पौडेलका अनुसार भर्ना भएको भरको श्वाब रिर्पोट अहिले आएको छैन । उनी पहिलै देखि टिबीको बिरामी रहेका छन । उनको फोक्सो बिग्रेकोले मुटुलाई धक्का दिएको करणले मृत्यू भएको बताएका छन । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्नेलगायतका लक्षणहरु देखा परेको भन्दै उनलाई कपिलवस्तु अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार सुरु गरिएकाे थियो । निमोनियाको करणले फोक्सोमा पानी जमेको पनि प्रजिअ पौडेलले जानकारी दिनु भएको छ ।
बिरामीलाई शुक्रवार चन्द्रौटाको एक स्थानिय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल ल्याईएको थियो । बिरामीको स्वाब परिक्षणका लागि आईतावार बुटवल पठाईएको थियो । कोरोनाको आशंकामा आईसोलेशनमा राखेर उपचार गर्न लागिएको उनि अस्पतालमा पहिलो बिरामी रहेका थिए ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


