डिभिजन वन कार्यालय कपिलवस्तुले बनायो वातावरण मैत्री पार्क
कपिलवस्तु : डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाताभित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ । घासपातले फोहर बनेको वन कार्यालयको पश्चिम तर्फको करिब ६ कठ्ठा क्षेत्रमा नुमना पोखरी सहितको पार्क निर्माण गरिएको हो ।
सिमसार व्यवस्थापन तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत नेपाल मै पहिलो पटक यस्तो फाउन्टेन पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। पाँच लाखको लगानीमा वनका कर्मचारीहरुले श्रमदान गरी पार्क निर्माण गरिएको हो। पार्कमा २ कठ्ठाको नमुना पोखरी, गोलघर र अजिन्गर उद्धार सेन्टर बनाइएको छ ।
पार्कमा स्थानीय जातको घास रोपिएका छन्। यस्तै जीर्ण बनेको करिब २ कठ्ठाको पोखरीलाई मर्मत गरी सुन्दरीकरण गरिएको छ। पोखरीमा इटा सिमेन्ट र छडको प्रयोग नगरी पोखरीलाई सुन्दर बनाइएको छ । पोखरीको किनारका भागको ढुंगा छापिएको छ। पोखरीको वरिवरि डिलमा हिड्ने बाटो समेत निर्माण गरिएको छ।
पोखरीमा फाउन्टने नोजल, बत्ती राखिएका छन् । तैरिरहेको फाउन्टेनले फोहरा फाल्ने गर्दछ। पोखरीमा तैरिरहेको फल्टीङ नेपाल मै पहिलो पकट रहेको सहयाक वन अधिकृत मदन स्यान्डील्यले बताए ।
सामुदायिक वनहरुलाई देखाउनका लागि यस्तो नमुना पार्क बनाइएको उनले बताए । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रैष्ठले पार्कको अनुमगन गर्नेक्रममा कम खर्चमा वन कार्यालयमा निर्माण गरिएको पार्क नमुना रहेको बताए । उनले यस किसिमको पार्क सामुदायिक वन र पालिकाहरुले समेत निर्माण गर्नुपर्ने बताए ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam