मृतक भरको कोरोना रिपोर्ट नेगेटिभ
माधव बेल्वासे
कपिलवस्तु,२५ चैत
कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका २ जर्लैया घर भएका गोर्भधन भरको सोमवार साझ उपचारका क्रममा मृत्यु भएको थियो ।
एक दिन अघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परिक्षणको लागि भैरहवा पठाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बन्जाडेले बताउनुभयो । बिरामीलाई शुक्रवार शिवराज नगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।
‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकोले आइसोलेसनमा राखेर उपचार गरिएको बन्जाडले बताउनुभयो । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको भर कपिलवस्तुको पहिलो बिरामी हुन । रिपोर्ट नेगेटिभ आएकोले भरको शवलाई परिवारको जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


