बाघको आक्रमण बाट दुई जना गम्भिर घाइते


माधव बेल्बासे


कपिलवस्तु २८ चैत

कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षी बर्मानन्द रोका मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताउनु भयो । दुबैजनाको टाउको र ढाडमा चोट लागेको नेपालले बताउनुभयो । उनिहरु लाई गाउँपालिकाको एम्बुलेन्समा बुटवल लागिएको छ । बाघको आक्रमण गरेपछी उनिहरु भागेका थिए ।

TOP