कृष्णनगर ७ पुर्ण खोप तथा खुला दिसामुक्त घोषणा

अनेक पाण्डे
कपिलवस्तु
कृष्णनगर नगरपालिका वडा न. ७ लाई एक कर्यक्रमका बिच पुर्ण खोप तथा खुला दिसामुक्त वडा घोषणा गरिएको छ । अजगरा वासीको सान पुर्ण खोप तथा खुला दिसामुक्त अभियान भन्ने नाराका साथ वडा न।

७ लाई घोषणा गरिएको हो । वडा भित्रका १६ देखि २३ माहिना सम्माका सबै बालबालिकाहरूले ( १५ माहिना उमेर भित्र ) पुर्ण खोप पाएको सुनिश्चित भए पछि पुर्ण खोप घोषणा गरिएको अजिगरा स्वास्थ्य चौकि ईन्चर्ज अनिल बिश्वकर्माले बताएका छन ।

६ सय १५ घर धुरी रहेको वडा न. ७ मा ६ सय घरमा शौचालय बने पछि वडालाई खुला दिसामुक्त घोषणा गरिएको वडाध्यक्ष राज किशोर यादवले जनाएका छन । कर्यक्रममा प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल अहमद खा लगायत अतिथिहरूको सहभागिता रहेको वडा सदस्य इनायमुल्ला मुसलमानले जानकारी गराएका छन ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


