‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न निर्माण टोलीको आग्रह
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न निर्माण टोलीले आग्रह गरेको छ। कीर्तिमानी ओपनिङसहित प्रदर्शन भइरहेको फिल्मको साना क्लिप्स सामाजिक सञ्जालमार्फत भाइरल भएपछि निर्माता, निर्देशक तथा अन्य फिल्मकर्मीले पनि त्यसो नगर्न आग्रह गरेका हुन्।
पहिलो दिन ३ करोडभन्दा माथिको कारोबार गरेको फिल्म दोस्रो दिन पनि दर्शकको उच्च चापका साथ प्रदर्शन भइरहेको छ। फिल्म हेर्न गएका दर्शकले मोबाइलबाट साना भिडियो बनाउँदै फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा हालिदिएपछि निर्माण टोलीको ध्यानाकर्षण भएको हो। यसो गर्दा प्रतिलिपि अधिकारको हनन हुने भन्दै सार्वजनिक भिडियो नहटाए र अन्य भिडियो पनि सार्वजनिक भइरहे अन्तिम विकल्प कानुनी बाटो रहेको निर्माण टोलीले जनाएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले व्यावसायिक रूपमा उत्साहजनक सुरुवात गरेको छ। नेपाली फिल्मको इतिहासमै पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म बनेको ‘कबड्डी ४’ ले बक्स अफिसका अन्य रेकर्ड पनि तोड्ने अनुमान धेरैले गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam