भारतीय क्वारेन्टाईनमा ३७ जना नेपाली नागरिक
माधव बेल्वासे
चन्द्रौटा,२ वैशाख
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सिमा नजिकै भारतीय क्षेत्रमा नेपालीहरुले क्वारेन्टाइनमा समय बिताइरहेका छन् ।
कपिलवस्तुको कृष्णनगर सिमामा पर्ने बढनीको गांधी आर्दश माध्यमिक विद्यालयमा १६ जना र तुलसियापुरमा २१ जना नेपालीहरु क्वारेन्टाइनमा रहेका छन् । भारतको मुम्वई ,हरियाण,दिल्ली,बिजयपुर लगाएतका ठाउँ वाट आएका उनीहरुमा २ जना बालवालिका सहित महिलाहरु पनि रहेका छन् ।
कृष्णनगर देखि ८ सय मिटरको दुरीमा रहेको क्वारेन्टाइनमा रहेका १६ जनालाई नेपाल ल्याउने तयारी भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलले बताउनुभयो । ‘क्वारेन्टाइनमा बसेका अंिधकाशको १४ दिन पुगेको छ,उहाले भन्नुभयो, ‘नेपाल ल्याउने भन्ने विषयमा माथि कुरा भइरहेको छ,।’ उनीहरुलाई बस्न, खाना, नियमित स्वास्थ्य चेकजाँच लगायतको सुविधा भारत सरकारले उपलब्ध गराइएको छ ।
सिमा बन्द भएका कारण नेपालीहरु भारत मै अलपत्र परेका छन् । भारतीय शहरबाट फकर्ने नेपालहरूका लागि भारतिय प्रशासनले यातायातको व्यावस्था गरी सीमासम्म ल्याइपुर्याएको थियो । त्यसपछि क्वारेन्टाइनमा बसिरहेका छौं,’ दांङ घर भएकी कमला थारुले भन्नुभयो, ‘हामी देश जान पाइन्छ भन्ने आशामा सीमामा आइपुग्यौं, ।’
दांङ, प्यूठान, गुल्मी ,कपिलवस्तु लगायतका ठाउँका ती नेपालीहरुका लागि क्वारेन्टाइनमा वेड ओढ्ने र झुलको व्यवस्था गरिएको छ ।
बिहान बेलुका खाना र खाजाको समेत प्रबन्ध रहेको उनीहरुले बताए । बढ्नी ब्लाक लगायत सरकारी अस्पतालका डाक्टरहरुको टिमले उनीहरुको स्वास्थ्य चेक जाँच गरिरहेको छ । नेपालसँगै भारतमा पनि लकडाउनका कारण सीमामा आवतजावत बन्द भएपछि मानिसहरु दुवैतर्फ रोकिएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


