कृष्णनगर वार्ड नं ६ को राहत चामल गुणस्तरीय युक्त
कमलेश चन्द्र गुप्त

कृष्णनगर २ बैशाख
कपिलवस्तु को कृष्णनगर नगरपालिका वार्ड नं ६ मा राहत बितरण हुने चामल गुणस्तरीययुक्त रहेको छ।
आज बसेको सर्वदलिय संयन्त्र र वार्ड सदस्य को
बैठकले उक्त चामललाई गुणस्तरयुक्त रहेको ठहर गरेको छ। राहत बितरण गर्नको लागि आएको सामग्री बितरण गर्न लायक रहेको र सामग्रीमा कुनै किसिमको गड़बड़ी नरहेको उक्त टोली बताए।
राहत वितरण कार्यविधि अनुसार कोटेशन गरि किनिएको चामलमा डिलरले पुराना चामल मिसिएको पाएको हुनले आज सर्बदलिय संयन्त्र र वार्ड सदस्यको बैठक बसी उक्त चामलको जांच गरिएको वार्ड अध्यक्ष देवानन्द शुक्लले बताए। बैशाख ३ गते सम्म अनुसूची १ को फर्म भारी बितरण कार्य सुरु गर्ने वार्ड अध्क्षय शुक्लले बताए।
फर्म भर्नको लागि वार्ड सदस्य र जनप्रतिनिधि समेत खटीएको बताए। नगरपालिकाभित्र छनौटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी ३०० ग्राम साबुन राहत बितरण गर्ने उनले बताए।
उक्त सर्बदलिय बैठकमा वार्ड सदस्य मकबूल मुसलमान, दीपेन्द्र प्रसाद मिश्र, अकलमति पासी, नेकपा बाट अब्दुल रकीब मुसलमान, नेका बाट योगेंद्रनाथ शुक्ल , राजपाबाट सफीक अहमद मुसलमान, श्याम सुन्दर मिश्र ,भिल्मी प्रहरी चौकी का आसाई नारायण प्रसाद पौडेल समेत उपस्थित रहेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


