जुम्लामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
जुम्ला : जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्। शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।
उनीहरुको शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam