३५ जना नेपाल भित्रिए,३६ जनालाई भारत पठाइयो

माधव बेलबासे
कपिलवस्तु,१३ वैशाख
कपिलवस्तुको सिमा नाका कृष्णनगर बाट ३५ जना नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गराइएको छ । विगत २८ दिन देखि भारतको वढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई शनिवार आरटिडी परिक्षण गरी नेपाल भित्राइएको छ ।
नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवतजावतमा रोक लगाउँदा नेपाली भारतमै बस्न वाध्य थिए भने भारतीय नागरिकहरु नेपालमै बसेका थिए । शनिवार नै कृष्णनगर नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनवाट ३६ जना भारतीय नागरिकहरुलाई भारत पठाइएको छ ।
भारतको चण्डीगढ,दिल्ली पंजाव लगाएतका ठाउँमा रोजगारीको लागि गएका नागरिहरुलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीहरुलाई नेपाल प्रवेश र भारतीयहरुलाई भारत पठाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । सवैको स्वास्थ्य परिक्षण गरेर नेपाल प्रवेश गराएको उहाँले जनाउनुभयो ।
भारतवाट नेपाल प्रवेश गराएका नागरिकहरुलाई गन्तव्य सम्म नगरपालिकाले पु¥याउने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो । ‘सम्वन्धित स्थानिय तह सँग सहकार्य गरेर नेपाली नागरिहरुलाई पठाउने तयारीमा छौ, शाहले भन्नुभयो ‘उनीहरुलाई सहज तरिकारले घर पु¥याउछौ, ।’ नेपाल भित्रिएका अधिंकाश नागरिकहरु दाङ,रुपन्देही,कपिलवस्तुका हुन् । नेपाल प्रवशे गरेका सबै नागरिकहरुको आरटिडी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


