बहादुरगंजमा कडा पारिदै लकडाउन,चेकजाँचमा आफै खटे प्रमुखहरु ( फाेटाे फिचर)

प्रिन्स मिश्रा
बहादुरगंज,कपिलवस्तु
नेपाल सरकारले जारी गरेको लकडाउन कपिलवस्तुको बहादुरगंजमा आजदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सवारीसाधन र यात्रुको आवागमन बहादुरगंजमा निगरानी बढाईएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल , इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नयाब निरिक्षक अभय रावत र ट्राफिक हवलदार सरद केसी सहितको टोली खटी निगरानी बढाएका हुन ।

बहादुरगंज क्षेत्रमा लकडाउन कडा बन्दै गएको भन्न सकिन्छ । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिको पास लिइ मात्र आवागमन गर्न पाउने प्रहरी नयाब निरिक्षक रावतले भने ।
पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधनका चालकलाई रावतले निर्देशन दिएका थिए । बिना पास पछि भेटिएमा जुर्माना काटने इप्रका बहादुरगंजले जनाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


