एनजीओले थारु बस्तीमा धर्म प्रचार र हस्तक्षेप गरेकोबारे अनुसन्धान गर्न संसदीय समितिको निर्देशन
काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले थारु बस्तीमा धर्म प्रचार र धार्मिक हस्तक्षेप भएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज आइतवार बसेको समितिको बैठकले थारु बस्तीमा विभिन्न अध्ययनका बहानामा धर्म प्रचार भइरहेको र गलत नियत राखेर धार्मिक हस्तक्षेप गरेको विषयमा तत्कालै अध्ययन अनुसन्धान गर्न निर्देशन दिएको हो ।
थारु जातिको उत्थानको नाममा क्रियाशील केही गैरसरकारी संस्थाले थारु जातिको धर्म परितर्वन गर्ने उद्देश्यले धार्मिक प्रचार गरेको, धार्मिक रूपमा समुदायलाई विभाजित गरेको, थारु भाषा तथा लिपी संहिताकृत गर्ने नाममा बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको गुनासो आएकाले संवेदनशील भएर अध्ययन अनुसन्धान गर्न समितिले निर्देशन दिएको हो ।
यस्तै थारु जातिको उत्थान र हक हितका लागि गठन भएको आयोगले प्रभावकारी काम गर्न, थारु समुदायको संरक्षण र संवर्द्धनका लागि एकीकृत र रणनीतिक कार्ययोजना बनाएर काम गर्न पनि आयोगले निर्देशन दिएको छ । प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्र भन्दा बाहिर पर्ने गरी सूचीकृत गरिएको विषयमा पनि औचित्य पुष्टि गर्न पनि आयाेगकाे निर्देशन छ ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam