उन्चालीस वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो
विराटनगर : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा आज सफल शल्यक्रिया भएको हो।
करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वात्सल्य अर्याल, डा. फारिदा खातुनलगायतको टिम सहभागी थियो। सफल शल्यक्रियापछि डा. कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भने, ‘शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ।’
विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँच/छ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो। कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुन नसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीका आफन्तले बताएका छन्।
आफन्तका अनुसार विस्तारै विस्तारै पेट बढ्दै गयो। मोटाएको जस्तो महसुस भयो तर कुनै दुःख अप्ठ्यारो नभएको हुनाले ठीकै छ भनेर बिरामी घरमा बसिरहेकी थिइन्। तर, पेट धेरै मोटाएको हुनाले विराट नर्सिङ होममा आएर परीक्षण गर्दा ३०/४० सेमी आकारको ट्युमर देखा पर्यो।
शल्यक्रिया नगरी अरु उपाय नभएको चिकित्सकले बताएपछि शल्यक्रिया गर्नुपरेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन्।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam