इण्डो नेपाल समाजिक मंच द्वारा प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क, ग्लोबस् र सेनिटाइजर हस्तांतरण
अजय मिश्र, कृष्णनगर,
इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टी का प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ।
विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्य ले हाम्रो लागी खटेका छन् ।
उक्त अवस्था लाई मध्यनजर गर्दै आज प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क ग्लोबस् र सेनिटाइजर हस्तांतरण गरिएको कुरा यूवा नेता अकरम पठानले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उक्त मास्क हस्तांतरणमा पत्रकारहरू को उपस्थित रह्यो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


