बहुलाएको स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते
कञ्चनपुर : बहुलाएको स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्।
मंगलबार बिहान स्यालले टोक्दा नगरपालिकाको वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।
‘आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो’ राजकुमारीका श्रीमान् पल्टा चौधरीले भने, ‘आँगनमै लडाएर स्यालले टोक्न थालेपपछि श्रीमती चिच्याइन्। होहल्ला गरी स्याल भगायौँ।’
यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिँदै छ।
स्यालले घर आँगनमै आएर टोक्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam