नेपाली फिल्मले ‘कोहिनुर’ पाएको र श्रीलाई गुमाएको आठ वर्ष
काठमाडाैं : साउन २३ र २५ गते नेपाली फिल्म क्षेत्रले कहिल्यै नबिर्सिने दुई मिति हुन्। २०७१ साउन २३ गते नेपाली फिल्मले कोहिनुर पाएको थियो भने २५ गते नेपाली फिल्म उद्योगका कोहिनुर मानिने अभिनेता श्रीकृष्ण श्रेष्ठलाई गुमाएको थियो।
२०४५ मा भुमरीबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई नजिकबाट चिन्नेहरू श्री भन्ने गर्थे। मौलिक अभिनय र नृत्य त उनको परिचय थियो नै जुन फिल्ममार्फत पनि देखिन्थ्यो। यीबाहेक पनि उनलाई अनुशाशित र शालीन अभिनेता भनेर चिन्निन्थ्यो। साढे दुई दशक यस क्षेत्रमा बिताएका उनी कहिल्यै विवादमा तानिएनन्, उनलाई मन नपराउने सायदै कोही होलान्।
श्रीले कोहिनुरलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका थिए। रेकर्ड गरिएको उनको अन्तिम आवाजमा पनि बेचिएका चेलीका बारेमा एउटा फिल्म बनाउने आफ्नो सपना रहेको र कोहिनुरमार्फत त्यही सपना पूरा गरेको बताएका थिए। फिल्मको प्रचार प्रसार र प्रिमियरमा पनि नेपाल आउन नसकेका उनी छिटै नेपाल आएर दर्शकसँगै बसेर फिल्म हेर्ने बताएका थिए।
साउन २३ जुन दिनदेखि श्रीको सपना फिल्म बनेर देशव्यापी रूपमा प्रदर्शनमा आउँदै थियो। श्री दिल्लीको एक अस्पतालमा मृत्युसँग लडिरहेका थिए। कोहिनुर प्रदर्शनमा मात्रै आएन बक्स अफिसमा सुनामी नै ल्यायो। फिल्मले पहिलो दिन नै करोडभन्दा माथिको कमाइ गरेको थियो, जुन त्यो समयका लागि कीर्तिमानी ‘ओपनिङ’ थियो।
आफ्नो सपना मानेको फिल्मलाई सबैले मन पराउनु, व्यवसायिक रुपमा सफल हुनु खुशीको कुरा त थियो। तर, दर्शकसँगै बसेर आफ्नो ड्रिम प्रोजेक्ट हेर्ने श्रीको सपना भने पूरा हुन पाएन। फिल्म प्रदर्शनमा आएको दुई दिनपछि, आइतबार बिहान ५ बजे दिल्लीको गंगाराम अस्पतालमा श्रीले अन्तिम सास लिए। त्यसको ३५ दिन अघि मात्रै श्री र स्वेता खड्काले विवाह गरेका थिए।
साउन २६ गते दिउसो श्रीको शव भारतबाट नेपाल ल्याइयो। श्रीलाई अन्तिम पटक हेर्न हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका थिए। प्रज्ञा प्रतिष्ठानसम्म आइपुग्दा थपिँदै गयो। श्रीका शुभचिन्तकका लागि उनको निधनको समाचार पत्याउन नसकिने सत्य थियो।
२०२४ पुस १४ गते राधाकृष्ण श्रेष्ठ र जगतकुमारी श्रेष्ठको कान्छा छोराको रूपमा जन्मिएका श्रीले नाता फिल्मबाट मुख्य नायकको रूपमा अभियनलाई निरन्तरता दिएका थिए। उनी अभिनित ए मेरो हजुर, आफ्नो मान्छे, पाहुना, सुख दुःख, हामी तीन भाइ लगायत फिल्म हलमा ५१ औँ दिन मनाउन सफल भएका थिए। उनले ‘कहाँ भेटिएला’ मार्फत फिल्म निर्माणमा समेत हात हालेका थिए। कोहिनुर उनको अभिनय तथा निर्माण रहेको अन्तिम फिल्म बन्न पुग्यो।
२०७१ साउन २३ देखि कोहिनुर प्रदर्शनमा आयो, २५ गते फिल्मका अभिनेताको निधनको समाचार आयो, २६ गते श्रीको शव नेपाल आयो। एकातिर हाउस फुल भएरफिल्म हलमा चलिरहेको थियो भने अर्कोतिर हजारौँ शुभचिन्तक श्रीलाई अन्तिम विदाइ गर्न जम्मा भइरहेका थिए। यो आफैँमा एउटा फिल्मको दृश्य जस्तो थियो।
आकाश अधिकारीको कथा एवं निर्देशनमा बनेको फिल्म १० करोडमाथि कमाइ गर्ने पहिलो नेपाली फिल्म बन्यो। अहिले बक्स अफिस कलेक्सनका हिसाबले कोहिनुरलाई अरु केही फिल्मले पछि पारे पनि कोहिनुरको स्थान भने कसैले लिन सक्दैन। त्यसैगरी नेपाली फिल्ममा श्रीको स्थान कसैले लिन सक्दैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam