नागरिकता विधेयक फिर्ताविरुद्ध कांग्रेसद्वारा प्रदर्शन

रौतहट : नागरिकता विधेयक फिर्ताविरुद्ध रौतहटमा नेपाली कांग्रेसले विरोध जनाएकाे छ।

सोमबार नेपाली कांग्रेस रौतहटको आयोजनामा नागरिकता विधेयक फिर्ताविरुद्ध जिल्लाको मध्येभाग गरुडामा विरोध प्रदर्शन भएको हाे।

उनीहरुले चन्द्रपुर गौर सडक खण्डमा विभिन्न नाराबाजी गर्दै करिब ३० मिनेट चक्का जाम गरेर विरोध जनाएका छन्।

सो विरोध प्रदर्शनकाे नेतृत्व जिल्लाका वरिष्ठ नेता हृदय नारायण यादवले गरेका थिए। नेता यादवले कोण सभामा बोल्दै अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका छन्।

यस्तै नेपाली कांग्रेसका नेता नितिश कुमार गुप्ताले मधेस प्रदेशमा लाखौँ नागरिक नागरिकताको अधिकारबाट वञ्चित रहेका कारण नागरिकता विधेयक फिर्ता लिनु गलत रहेको बताएका छन्।

गुप्ताले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता लिएर नागरिकसँग विभेद गरेको हो।’, उनले संसद्‌को मर्यादा र अधिकार क्षेत्रलाई समेत अपमानित गरेको आरोप लगाएका छन्।

TOP