एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौ‌ं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजोदेखि जारी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आज १० वटा समुहले सुझावहरु राख्दैछन्। जसमा ७ वटा प्रदेश, उपत्यका, भारत प्रवास र जनसंगठनका तर्फबाट अलग अलग सुझाव राख्ने कार्यक्रम छ। यसैगरी उम्मेदवारको मापदण्ड र समानुपातिक दोहोर्‍याउने नदोहोर्‍याउने पनि आजको बैठकले निर्णय गर्ने छ।

हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको चौथो बैठक आज सकिँदैछ।

TOP