धर्मपत्नीको माध्यमबाट नेपालको प्रेममा परेँ : भारतीय अभिनेता गोविन्दा
काठमाडौं : भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनले दर्शकहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए।
उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने स्पष्ट पारे। उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकाले कलाकारका धनदाता मातापिता उद्योगी, व्यापारीहरू भएको बताए।
‘दर्शकहरुले कलाकारलाई सधैँ साथ दिनुपर्छ। नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस्। नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो’, उनले भने, ‘जुन काम हामी गर्छौं त्यो काम मानिसले पछिसम्म सम्झने किसिमको होस्। कला संसारको अभिन्न अंग हो। नयाँ विचारहरुले भरिएको हुन्छ। कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ। पैसा भएर पनि पहिचान हुँदैन। तर कला यस्तो चिज हो जसले दुवै कुरा दिन्छ।’
भूषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकमा सहभागी हुन गोविन्दा नेपाल आएका हुन्। ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई पनि रहेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam