बस र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु
कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु छ । शुक्रवार बिहान शिवराज नगरपालिका ४ बन कट्टीमा भएको दुर्घटना वाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व बाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशा वाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकल सवार गम्भीर रतोडि घाइते भएका थिए ।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताए । रतोडि केही समयदेखि नेपालमा सर्फ उद्योगमा कार्यरत रहेका थिए ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam