स्वास्थ्य संस्थामा हेण्ड वास स्टेशन जडान
कपिलवस्तु, बैशाख ३०
प्रदेश नं ५ को कोरोना प्रभावित जिल्लाका विभिन्न स्वास्थ्य संस्था र चहलपहल हुने स्थानमा कनटेकलेस हेण्ड वास स्टेशन जडान गरिएको छ ।
रुपन्देही, कपिलवस्तु र वाकें जिल्लामा गरी १५ स्थानमा उक्त स्टेशनहरु जडान गरी प्रयोगमा ल्याइएको हो । युनिसेफ नेपालको सहयोग पिस नेपाल कपिलवस्तुको आयोजना, अस्पताल तथा स्थानीय तहको समन्यवमा स्टेशन जडान गरिएको हो ।
कोरोना प्रभावित क्षेत्रमा सूरक्षित तरिका बाट हातले धारा नै नछोइकन खुटले थिचेर हात धुने व्यवस्था मिलाइएको छ । रुपन्देहीको कोरोना विशेष अस्पताल बुटवल, भिम अस्पताल, भैरहवा, सिर्दाथनगर नगरपालिका, कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवा, पिपरा अस्पताल वाणगगा , शिवराज अस्पताल बहादुरगज र लवनी स्वास्थ्य चौकीमा जडान गरिएको छ । त्यस्तै वांकेमा नेपालगंज उप महानगरपालिकाका भेरी प्रादेशिक अस्पताल, जमुनाहा नाका ,जिल्ला प्रशासन कार्यालय परिसर लगायत ८ स्थानमा जडान गरिएको छ ।
कोरोना प्रभावित स्थानमा यो वास स्टेशन जडान भएपछि कोरोना रोकथामको लागी सहज हुने नेपालगंज उप महानगरपालिकाका मेयर डा।धवल समशेर राणले बताए । त्यस्तै स्वास्थ्य संस्थामा आउने सेवा ग्रँहीले हात धोएर अस्पताल परिसर जादा स्वास्यकर्मी र विरामीलाई समेत विभिन्न फोहर तथा कोरोना सर्ने मुख्य माध्यम हातको सूरक्षा हुने शिवराज अस्पताल बहादुरगंजका निमित्त मेडिकल अधिकृत डा।नफिस खानले बताए । पिस नेपाल संस्थाले युनिसेफ नेपाल तथा स्थानीय तह र स्वास्थ्य संस्थाको सहकार्यमा यस्तो कार्य गरेको कार्यक्रम सयोंजक विजय अधिकारीले बताए । कपिवस्तु ,रुपन्देही र वाकेंमा पछिल्लो समयमा कोरोना संक्रमण बृद्धि हुन लागेको सचेतना र सावधानी अपनाउन विभिन्न निकायले काम गर्न जरुरी छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


