विरगंजका २ जना पत्रकारमा कोरोना संक्रमण
वीरगञ्ज
मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएका मध्ये २ जना पत्रकार रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मंगलबार देखिएका मध्ये २ जना पत्रकार रहेको र रिपोर्ट आईसकेकोमा अन्य पत्रकारहरु पनि छन् कि भनेर खोजतलास जारी रहेको बताउनुभयो ।
वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताउनु भयो ।
वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए भने मंगलबार नै पत्रकारहरुको टोलिले धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका दुवै जना पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जमा सबै पत्रकारहरू त्रसित भएको बताइएको छ ।
आज एकैदिन ३९ जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


