डेंगुले थप २ जनाको मृत्यु, संक्रमित २८ हजार नाघे
काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार नाघेको छ।
मन्त्रालयको विवरण अनुसार हाल देशभर २८ हजार १०९ जना डेंगु संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा धेरै संक्रमित वागमती प्रदेशमा रहेका छन्।
हाल वागमती प्रदेशमा २१ हजार ९७५ जना संक्रमित रहेका छन्। प्रदेश १ मा ८२९ जना, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जना, कर्णाली प्रदेशमा २३८ जना र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam